रिता र तुल्सीको ‘बसौँन तिमि र म’ आधुनिक गीत सार्वजनिक

माघ १८, २०७९


माघ १८, गायिका रिता केसी र गायक तुल्सी शिवाकोटीको युगल आवाजमा आधुनिक गीत ‘बसौँन तिमि र म’ बजारमा आएको छ । बेलाबखत केही फरक गीत ल्याइराख्ने गायिका केसीले अहिले पनि गायक शिवाकोटीसँग सहकार्य गरेर उक्त आधुनिक गीत बजारमा ल्याएको बताइन् ।

मंगलबार ‘तुल्सी शिवाकोटी अफिसियल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द लेखन र संगीत रवि मल्लको रहेको छ भने दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् ।

उक्त गीतको भिडियोमा मोडल विकाश लामिछाने र अलिया अधिकारीले अभिनय गरेका छन् । केशवराज भट्टले निर्देशन गरेको सो भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् भने दिनेश शाहकाे सम्पादन रहेको छ ।