कांग्रेसले बोलायो संसदीय कार्यसमितिको बैठक

माघ १८, २०७९


माघ १८, कांग्रेसले बोलायो संसदीय कार्यसमितिको बैठक नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए । माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ ।