सांसद अरुण चौधरी जेल चलान

माघ २०, २०७९


माघ २०, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनलाई आज जेल पठाइएको हो । २०६६ भदौ ३ गते लु. २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयन गर्न भन्दै प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् । उनी कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद चौधरीको पक्राउ सुनियोजित भएको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहा नगरे सशक्त आन्दोलन गर्ने शुक्रबार चेतावनी दिएको थियो ।