राष्ट्रियसभा उपनिर्वाचन पछि लुम्बिनीमा क्याविनेट विस्तार गरिने

माघ २४, २०७९


माघ २४, लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियसभाको उपनिर्वाचन लगत्तै क्याविनेट विस्तार गर्ने गरी तयारी थालेका छन् । सुरूवातमै माओवादी र एमालेबाट एक-एक जना मन्त्री नियुक्त गरिएकोमा उनीहरू जिम्मेवारी विहीन छन् । लुम्बिनीमा भोलि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ । त्यसपछि मन्त्री थप्ने गरी मुख्यमन्त्रीले सत्ता साझेदार दलका नेतासँग छलफल गरेका छन् । यसबीचमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीबीच पनि भेटघाट भएको छ । लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् ।