पार्टि भित्र आमुल परीवर्तन आवस्यक छ : केन्द्रिय सदस्य गिरी

माघ २४, २०७९


प्रमोद आचार्य, दंगिशरण, २४ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दिपक गिरीले नेपाली कांग्रेस भित्र आमुल परीवर्तन आवस्यक रहेको बताएका छन् । नेपाली कांग्रेस दंगिशरण गाउ इकाइको आयोजनामा भएको पालिका सम्मेलनमा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेता गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् । गएको संघिय निर्वाचनमा सवै भन्दा ठुलो पार्टि भएरपनि कांग्रेसले सरकारको नेतृत्व गर्न नसक्नुले कार्यकर्तामा केहि निराशा छाएको बताउंदै यसमा कत्तिपनि विचलित नभएर पार्टिलाइ अझै शशक्त र बलियो बनाउन लाग्न पनि उनले आम नेता कार्यकर्ताहरुलाइ आग्रह गरे । ठुलो दल भएर पनि सरकार गठनका क्रममा केहि प्राविधिक त्रुटि भयो, हामी सरकार गठनको नेतृत्व गर्न पाएनौं, तर पनि हामी बलियो प्रतिपक्ष भएर काम गर्ने छौं’, नेता गिरीले भने, यसबाट कत्तिपनि विचलित नहुन आम कांग्रेस जनहरुलाइ आग्रह गर्दछु ।

नेता गिरीले दाङका गल्ली गल्लीमा आफु घुमेको बताउंदै यहांको सडक, सिचाइ, विद्युत, कृषि, पर्यटन लगायत हरेक क्षेत्रको विकाशमा प्रतिवद्ध रहने विश्वास व्यक्त गरे । हामी सरकारको नेतृत्वमा छैनौं, तर पनि यस क्षेत्रको विकाश निर्माणमा मेरो उत्तिकै जिम्मेवारी र भुमिका रहने छ’, गिरीले भने । नेपाली कांग्रेस भातृ संस्था चलायमान हुन नसक्दा कमजोर भएको भन्दै सवै भातृ संस्थाहरुलाइ चलायमान बनाउन आफुले केन्द्रिय समितिमा जोडदार माग राखेको पनि बताए । साथै आसन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थि संघलाइ विजयी बनाउन संपुर्ण विद्यार्थि जगत लाग्नुपर्ने पनि उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तथा नेपाली काङ्ग्रेसका अर्का केन्द्रिय सदस्य तथा पुर्ब साम्सद गेहेन्द्र गिरीले दाङमा गुट उपगुटको नाम दिएर यो दिपक गिरीको मान्छे त्यो गेहेन्द्र गिरीको मान्छे भनेर फुट गराउन लागी नपर्न आम नेता कार्यकर्ता हरुलाइ आग्रह गरे । राजनितीमा कोहि सत्रु र कोहि मित्र पनि नहुने उल्लेख गर्दै कहाँनेर के हुन्छ र कस्तो हुन्छ भन्न नसकिने हुदा यो र त्यो को बहानामा काङ्ग्रेसलाइ अपाङ्ग नबनाउन अनुरोध गरे । यस्तै बिशिस्ट अथिती गिरीले दाङमा १५ औ अधिबेशन सम्म पुग्दा तेस्रो समुहको उदय हुनेमा पनि आशंका व्यक्त गरे ।

सम्मेलनमा बिशिस्ट अथितिको आशन बाट बोल्दै नेपालि काङ्ग्रेस दाङका जिल्ला शभापती शंकर प्रसाद डाङीले काङ्ग्रेस भित्रका समग्र जनसक्तीलाइ सक्रिय रुपमा परीचालन गर्न काङ्ग्रेसको बिधि र बिधान अनुरुप पहिलो पटक जिल्लाभरी वडा सम्मेलन हुदै पालिका सम्मेलनको तयारीमा आफुहरु लागेको र जिल्ला सम्मेलन गर्न तर्फ लागेको बताए । पार्टिलाइ बलियो बनाउन सवै भन्दा बलियो भुमिका झुपडिमा बसेका कार्यकर्ता सुभेच्छुकको हुन्छ भन्दै उनले सवैको कांग्रेस सधैको कांग्रेस बनाउन आम सहभागी नेता कार्यकर्ताहरुलाइ आग्रह गरे । नेतृत्वको आवाज टोल समिती र वडा सम्मका सम्मेलनले पुर्याएको पनि उनले दावी गरे । पार्टी चलायमान हुन र बलियो बनाउने सबैभन्दा बलियो जग कृयासिल सदस्य वडा र टोल कार्यसमिती रहेको जानकारी गराउदै संगठन निर्माणमा लाग्न पनि उनले सवैलाइ आग्रह गरे ।

यस्तै लुम्बिनि प्रदेशका निबर्तमान सदस्य संकर गिरीले एक अर्कालाइ आरोप प्रत्यारोप भन्दा पनि मिसन चौरासीका साथ संगठन निर्माणमा लाग्नु पर्ने बताए । सम्मेलनमा नेपालि काङ्ग्रेसका महासमिती सदस्य केशब आचार्य , जिल्ला सचिव अर्जुन योगी, शान्तीनगरका शभापती झलक केसी, क्षेत्र न ३ ख का उपशभपती द्रोण देबकोटा, क्षत्र न ३ ख का सभापती खिम बहादुर वलि ,३ क का शभापती देबेन्द्र रिजाल ,नेपाल तरुणदलका जिल्ला अध्यक्ष टिका घर्ती, जिल्ला सदस्य पद्मा चौधरी, जिल्ला सदस्य मुक्ती नेपालि ,जिल्ला सहसचिब सुबोध डाङी ,लगाएतले आ आफ्नो भनाइ राखेका थिए ।

नेपालि काङ्ग्रेस दंगीशरणको आयोजनामा आयोजित प्रथम सम्मेलनमा बोल्ने बक्ताहरुले काङ्ग्रेस जनताको घर घरमा पुग्न र निम्न आय स्तर भएका जनताको मन जित्ने कार्यक्रम लियर जनताको घर घरमा पुग्न आग्रह गरेका छन । कार्यक्रममा बोल्दै बक्ताहरुले अब काङ्ग्रेस एक हुन बाहेक अरु बिकल्प नरहेको बताएकाछन । संगठन निर्माण र संगठन सुदृढीकरणको सवालमा पार्टी तथा सुबेछुक संघ सस्थाहरुलाइ चलाएमान बनाउन समेत आग्रह गरेका छन । सम्मेलनमा प्रतीनिधि सभा, प्रदेश सभा र स्थानिय तह गरी तिनै तहमा नेपालि काङ्ग्रेसको तर्फबाट निर्बाचित जन प्रतीनिधिहरुलाइ बधाइ दीदै खादा तथा प्रमाणपत्र सहित सम्मान समेत गरीएको थियो ।

नेपालि काङ्ग्रेस दंगीशरणका शभापती शम्भु गिरीको शभापतीत्वमा भएको थियो । सम्मेलनमा संगठनको बार्षिक प्रतीबेदन दंगीशरणका नेपालि काङ्ग्रेसका सचिब बामदेब बिस्टले गर्नुभएको थियो ।यस्तै आर्थिक प्रतीबेदन दंगीशरणका कोषाध्यक्ष खुम केसीले गर्नुभएको थियो । नेपालि काङ्ग्रेस दंगीशरणका उपशभापती गिरीराज न्यौपनेको स्वागत मन्त्ब्य बाट शुरुभएको सम्मेलनको सहजीकरण नेपालि काङ्ग्रेस दंगीशरणका सचिब ओपेन्द्र राज सर्माले गरेका थिए ।