एमालेले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवारलाई हराउँछौं : महामन्त्री गगन थापा

माघ २५, २०७९


माघ २५, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति उम्मेदवारमा आफूहरूले प्रस्ताव गरेको उम्मेदवार जिताउन लागिपर्ने बताएका छन् । उनले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवारलाई हराउन लाग्ने पनि बताए । लुकाउने कुरा छैन, हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवारलाई हराउँछौं । हराएरै छाड्छौं, काठमाडौंमा बुधबार भएको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवालु विषयक विचार गोष्ठीमा थापाले भने, ‘हामीले भनेको उम्मेदवार जिताउने कोशिस गर्छौं, मत माग्छौं ।

राष्ट्रपति को हुनेभन्दा पनि संविधान दुर्घटनातर्फ जान्छ कि भन्ने डर कांग्रेसभित्र रहेको उनले बताए । हिजोको राष्ट्रपतिहरूको भूमिकाका कारण डर पसेको छ, उनले भने, त्यो डरबाट हामी मुक्त हुन चाहन्छौं । नेकपा एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनायो भने त्यसलाई सम्माननिय कठपुतली राष्ट्रपति भने हुने थापाले बताए । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ। बालुवाटार र शितलनिवासले कार्यकारी अधिकार प्रयोग गर्दा संविधान दुर्घटनातिर जान्छ । त्यो डरका कारण हामीले एमालेले प्रस्ताव गरेको उम्मेदवार हराउँछौं, उनले भने । फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिइसकेको छ ।