लुम्बिनी कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

फागुन ३०, २०७९


फागुन ३०, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । दलका नेता डिल्ली बहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् । गिरीले यसअघि दलको नेतामा पनि आकांक्षा देखाएकी थिइन् । प्रदेशसभामा कांग्रेसका २७ सांसद रहेका छन् ।