प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय

चैत ०५, २०७९


चैत ५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेस संसदीय दल बैठकले निर्णय गरेको छ । आज नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वास मतको प्रस्ताव राख्ने र त्यो प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं र सरकारमा सहभागी हुने हो, उनले भने, हामी ह्वीप पनि जारी गर्छौं । प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन् । आजै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।