घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

चैत ०५, २०७९


चैत ५, एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ ।

४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि एमाले परित्याग गरेका घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनी सचिवालय सदस्य बनेका थिए । यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।