चलचित्र पत्रकार सघं नेपालको केन्द्रिय सदस्यमा डि.आर.एन मनोनयन

चैत १९, २०७९


चैत्र १९, रंग पत्रकारहरुको साझा संगठन चलचित्र पत्रकार सघं नेपाल दाङ शाखाका पुर्व अध्यक्ष तथा हालका सल्लाहकार ध्रुव राज न्यौपाने यहि चैत्र १८ र १९ गते धुलिखेलमा सम्पन्न भएको चलचित्र पत्रकार संघ नेपालको चौथो पुर्ण बैठकबाट केन्द्रिय कार्यसमिति सदस्यमा मनोनयन हुनुभएको छ । दाङ जिल्लामा रहि एक दशक देखि क्रियाशिल रुपमा जिल्लाको विट पत्रकारीतालाई स्थापित बनाउन अहम भुमिका खेल्नु भएका न्यौपानेले जिल्लाका बिभिन्न सामाजिक सघं सस्थाहरुको सफल नेतृत्व गरि सकनु भएको छ ।