एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

चैत २०, २०७९


चैत २०, नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । सोमबार बसेको संसदीय दलको बैठकको सुझाव समेतका आधारमा पूर्वमन्त्री समेत रहेका चौधरीले प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरेको एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले जानकारी दिए ।

एकीकृत समाजवादीबाट यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सांसद प्रकाश ज्वाला थिए । ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । सांसद चौधरी दाङ क्षेत्र नम्बर- १ बाट निर्वाचित सांसद हुन् ।