प्राधिकरणले काट्यो लुम्बिनी प्रदेशसभाको बिजुली

चैत २२, २०७९


चैत २२, लुम्बिनी प्रदेशसभाले लामो समय विद्युत महसुल नतिरेपछि मंगलबार विद्युत् प्राधिकरणले सदन सुरू हुनु केही समयअगाडि लाइन काटिदियो । एक महिना ३ दिनपछि सुरू भएको पहिलो अधिवेशनको आठौं बैठकमा शून्य समयमा बोल्न सांसदहरू तयारी भएर सदनमा प्रवेश गरिसकेका थिए । विद्युत काटिएकै कारण ४५ मिनेट ढिलो जेनेरेटरको चलाएर बैठक सञ्चालन गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरण लमही शाखाले प्रदेश सरकारले विद्युत महशुल नबुझाएको भन्दै लाइन काटेको थियो । नेपाल विद्युत प्राधिकरण लमही शाखाका कार्यालय प्रमुख जगन्नाथ लामिछानेले प्रदेश सरकारले ७ लाख ६३ हजार ३ सय ५० रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी रहेको र यसमा एक लाख २१ हजार ६ सय ५२ रूपैयाँ हर्जना थपिएको जानकारी दिए ।