एमाले संसद विघटनको दाउमा छ : माधव नेपाल

चैत २९, २०७९


चैत २९, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।बुधबार सुनसरीको इनरुवामा पत्रकारहरूसँगको भेटमा अध्यक्ष नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए ।

एमालेसँगको एकताको सम्भावनाबारे अध्यक्ष नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यो एकताको सम्भावना नरहेको बताए । अध्यक्ष नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए । पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया रहेको उनको भनाइ छ ।