पेम्बा लामाको ‘बैमानी’ सार्वजनिक
बैशाख २१, २०८०
![](http://sampurnakura.com/wp-content/uploads/2023/05/660x371xreceived_250240994193309-1024x576.jpeg.pagespeed.ic.p8vo-VgDkF.jpg)
काठमाडौं, बैशाख २१ । नवोदित गायक पेम्वा लामाको आवाजमा नयाँ गीत ‘बैमानी´ श्रोता दर्शकमाझ बुधबार सार्वजनिक भएको छ ।
उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत, गोपाल रसाईलिको एरेन्ज रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको सो गीतको भिडियोमा पुष्प खड्का र कविता नेपालिको मुख्य अभिनय रहेको छ ।
भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी, हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । लोक पप शैलिको सो गीत पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानिमा निर्माण भएको हो । उक्त भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ ।