नेकपा एस दाङका प्रचार विभाग प्रमुख कुमालले गरे, पाटी परित्यागको घोषणा

बैशाख २८, २०८०


दाङ, २८ बैशाख । नेकपा एकिकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख दिपक कुमालले पाटी परित्यागको घोषणा गर्नुभएको छ । कुमाले बिहिबार एक विज्ञप्ती जारी गरी पाटीको साधारण सदस्य समेत नरहने गरी पाटी परित्यागको घोषणा गर्नुभएको हो ।
नेकपा एसका जिल्ला सचिवालय सदस्य समेत रहेका कुमालले आजैका मितिबाट पाटी छोडेको घोषणा गर्नुभएको हो । नेकपा एसमा स्थापनाकाल देखि नै रहेका कुमाल गतवर्षको स्थानीय तहको चुनावपछि पछिल्लो समय निस्क्रिय बन्नुभएको थियो ।

उहाँले सामाजिक संजाल फेसबुकमा समेत स्टाटस लेख्दै अब पाटीमा नरहेको स्पष्ट पार्नुभएको छ । नेकपा एसको पाटी सदस्यता समेत त्याग गरेपछि कुमालले अब स्वतन्त्र रहने वा अरु पाटीमा प्रवेश गर्ने केहि खुलाउनुभएको छैन् ।