यात्रुहरुका लागी निशुल्क खानेपानी

जेठ १७, २०८०


जेष्ठ १७, त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिले यात्रुहरुको सुबिधाका लागि दाङका बसपार्कहरुमा निशुल्क खानेपानिको ब्यबस्था गरेको छ । गर्मि बढदै जादा आफ्ना यात्रु र सर्बसाधारणका लागि अक्वा गार्ड सहितको शुद्द खानेपानिको ब्यबस्थापन गरेको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
प्रालिले घोराहिको बसपार्क, लमहि र भालुवाङमा शुद्द खानेपानिको ब्यबस्थापन गरेपछि यात्रुहरु खुसि भएका छन । हामिले तिस रुपैयमा पानि किनेर खानुपर्ने बाध्यता थियो तर त्रिसिद्देश्वरि यातायातले निशुल्क खानेपानिको ब्यबस्था गरिदिएपछि पैसा पनि बचत भएको छ । घोरहि बसपार्कमा पानि पिउदै गरेका एकजना सहचालक राजेश वलिले बताउनु भयो । यथा सक्य छिटो तुलसीपुरको बसपार्कमा पनि खानेपानिको ब्यबस्थापन मिलाउन लागेको प्रालिका सहकोषाध्यक्ष बिरेन्द्र खत्रिले जानकारी दिनु भयो । खत्रिका अनुसार तुलसीपुर खानेपानि सस्थाको सहयोगमा बसपार्कमा खानेपानिको ब्यबस्थापन प्रक्रिया अघि बढेको छ ।