ब्यबसायीलाई पचासहजार उपचारखर्च

जेठ २१, २०८०


जेष्ठ २१, तुलसीपुर त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले आफ्ना ब्यबसायि लाई अौषधि उपचारका लागी नगद आर्थिक रुपैया सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच लमहि नगरपालिका वडा नम्बर ५ निवासि कुमार भट्टराईलाई ब्यबसायिक संरक्षण र सहयोग बाफत रु पचासहजार रुपैया आर्थिक सहयोग गरेको प्रालिका प्रबन्धक पुस्कर धितालले जानकारी दिनुभयो ।

लामो समय देखि क्यान्सर रोगबाट पिडित प्रालिका ब्यबसायि ५४ बर्षिय भट्टराईलाई प्रालिका अध्यक्ष सुरेशहमालले पचारहजारको चेक हस्तान्त्रण गर्नुभएको थियो । सो अबसरमा प्रालिका अध्यक्ष हमालले अप्ठेरोमा परेका र ठुला रोगहरुबाट पिडित ब्यबसायिहरुलाई प्रालिले पचासहजार देखि तिनलाख सम्म सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाका अनुसार कर्मचारि,मजदुर र ब्यबसायिहरुलाई प्रालिले उपचार बाफत यस्तो सहयोग गर्दै आएको छ ।