चौधरीको निधन प्रति लुम्विनीका मुख्यमन्त्रीद्धारा दुख व्यक्त

जेठ २५, २०८०


दाङ, २५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्व राष्ट्रिय सभा सदस्य तथा पूर्व राज्यमन्त्री महेश चौधरीको निधन प्रति दुख व्यक्त गर्नु भएको छ । उपचारको क्रममा जेठ २४ गते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । चौधरीको निधनले प्रदेशलाई नै क्षति पुगेको उल्लेख गरिएको छ । राजनीतिक अगुवा, राजनीति अभिभावक थारु इतिहासका जानकार, बौद्धिक व्यत्तित्व चौधरीको निधनले ठूलो क्षति पुगेको मुख्यमन्त्रीले जारी गरेको शोक विज्ञप्तीमा भनिएको छ ।

लुम्बिनी प्रदेशकै एक इतिहास तथा अब्बल व्यक्ति चौधरीको निधनले प्रदेशलाई नै ठूलो क्षति पुगेको छ, मुख्यमन्त्रीले जारीको शोक बक्तव्यमा भनिएको छ । मृत्क चौधरीको चिर शान्तिको कामना गर्दै परिवार जनप्रति समवेदन प्रकट गर्नु भएको छ । महेश चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री भनेका थिए । उनी धर्म, संस्कृति, भाषा सस्कृति र इतिहासका संरक्षक पनि मानिन्छन ।