आँखा अस्पताललाई थ्रि सिटर सहयोग

जेठ २६, २०८०


लमही, २६ जेठ । माछापुच्छ्रे बैक शाखा कार्यालय लमहीले लमही आँखा अस्पताललाई एक लाख मुल्य बराबरको थ्रि सिटर सहयोग गरेको छ । बैकले सामाजिक उत्तदायित्य कार्यक्रम अन्र्तगत शुक्रबार लमहीमा एक औपचारीक कार्यक्रमका बिच हस्तान्त्रण गरेको हो । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल प्रशासनिक समितिका निवर्तमान संयोजक घनश्याम सुबेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ लुम्विनी प्रदेशका कोषाध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अबसरमा बोल्दै नेपाल नेत्रज्योति सघका प्रदेश कोषाध्यक्ष शाहले मन्दीरको सेवा भन्दा मानब सेवा उत्तम सेवा भएकोले अन्धोपनको समस्या लिएर अस्पतालमा आउने बिरामीहरुका लागी बसाईमा सहजता ल्याउन सहयोग पुग्ने बताउदै बैकलाई धन्यबाद दिएकी थिइन् । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्सेर थापाले बैकले आँखा स्वास्थ्य सेवामा आउने सबैबिरामीलाई सहयोग गरेकोमा बैकलाई धन्यबाद दिदै सहयोग र सम्बन्धको निरन्तरताको अपिल गरेका थिए । उनले बैंकले गरेको सहयोग प्रति खुसी ब्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि माछापुछ्रे बैंक लमही शाखाका प्रवन्धक दिनेश बोहोराले आफुहरुले बिगत देखि नै समाजिक सेवाका लागी काम गर्दे आएकोले आँखा जस्तो सम्बेदनशिल अस्पतालमा आउने बिरामीको लागी बसाईमा प्रयोग होस भनेर सानो सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको र यो कार्यलाई निरनतरता दिने बताएका थिए । कार्यक्रमको संचालन लमही आँखा अस्पतालका कार्यालय सहायक टेक बहादुर चौधरीले गरेका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य केपी घिमीरे, लमही आँखा अस्पतालका नेत्रविशेषज्ञ डा सुदिपलाल राजभण्डारीलगायतको सहभागीता रहेको थियो ।