तेक्वान्दो प्रतियोगितामा दाङका वली र पोख्रेल प्रथम, दिृतिय

जेठ २७, २०८०


तुलसीपुर, २७ जेठ । प्रथम एन. टि. ए. खुल्ला ग्यरोगीलिग तेक्वान्दो प्रतियोगितामा दाङका विकास वली र आयुष पोख्रेल क्रमस प्रथम र दिृतिय स्थान हासील गरेका छन् । २० केजी तर्फबाट तेक्वान्दो प्रतियोगितामा सहभागी मावि कालाखोलामा अध्ययन गदै आएका तुलसीपुर-७ का विकास वली प्रथम र तुलसीपुर ४ रक्षाचौरका मेरिगोल्ड इंगलिस बोडिङमा अध्ययन गर्ने आयुष पोख्रेल दिृतिय भएका हुन् । ललित पुरको सात दोवाटोमा भएको खेलमा उनीहरु प्रथम र दिृतिय स्थान हासील गरेको अभिभावक ताराप्रुाद पोख्रेले जानकारी दिएका छन् ।

संघद्वारा बढि भन्दा बढि प्रतियोगिताहरुको आयोजना गरी खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागिता र अनुभव हासिल गराई भविष्यका लागि नयाँ प्रतिभावान र सम्भावित खेलाडीहरुको पहिचान गर्दै आगामी दिनका लागि उत्कृष्ट खेलाडीहरुको चयन गर्ने उद्देश्यले यो प्रतियोगिताले अहमभूमिका खेल्ने छ ।
प्रतियोगितामा नेपाल भरिका करिब १ हजार जना खेलाडीहरुले सहभागिता जनाउनुका साथ सिनियर ईभेन्ट तर्फ १८ वटा तौल समूह, जुनियर तर्फ तथा क्याडेट तर्फ ६-६ र चिल्ड्रेन तर्फ ८ गरी कुल प्रतिस्पर्धा ३८ ईभेन्टमा हुने प्रतियोगिता संयोजक बब्लु शिवाकाटीले जानकारी दिए । दाङको घोराही तुलसीपुरबाट पनि विभिन्न तौल समुहका खेलाडीहरु सहभागी भएका छन् भने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सात वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ ।