सिस्टमको गडबडीका कारण पटक पटक बत्ति गयो : कुलमान घिसिङ

असार ०३, २०८०


असार ३, नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि सिस्टममा आएको गडबडीले विगत तिन दिन देखि विजुली पटक पटक जाने समस्या भएको बताएको छ । नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको समस्याका कारण मध्य नेपाल र पश्चिम नेपालमा पटक पटक बती जाने समस्या भएको बताए । पछिल्लो केही दिनदेखि नेपालले विजुली निर्यात समेत गरिरहेको छ ।

उनले यही विषयमा स्पष्टिकरण दिन आफूले पत्रकार सम्मेलन राखेको पनि जानकारी गराए । धेरै जसो सबस्टेशन र प्रसारण लाइनमा फल्ट भएको पनि उनले बताए । गर्मी धेरै भएका कारण तराई क्षेत्रमा विद्युतको लोड निकै बढेको छ । यसले वित्तरण लाइनमा समस्या भएको छ । नेपालमा उत्पादन भएर खपत नहुने विजुलीमात्र नेपालले बेच्ने गरेको हो । घिसिङले भने- लोडसेडिङ गराएर भारतमा विजुली बेचेका होइनौं ।