‘आदिपुरुष’ को प्रदर्शन देशभर रोक्ने नेपाली वितरकको निर्णय

असार ०४, २०८०


असार ४, सोमबारबाट दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को काठमाडौं क्षेत्र भित्रमात्र नभई देशव्यापी रूपमै प्रदर्शनी रोकिने भएको छ । देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ, चलचित्रका वितरक उज्ज्वल पौडेलले बताए । हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्न थाल्नुभयो। उहाँको मार्गदर्शनलाई पछ्याउँदै आज धरान र पोखरामा पनि चलचित्र निषेध गरियो । यसरी पालैपालो निषेध हुनु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने हाम्रो मनसाय हो, उनले भने ।

उनले मेयर बालेनले गरेको निर्णयप्रति आफूहरूलाई केही आपत्ति नभएको र कानुनी उपचार समेत नखोज्ने प्रतिक्रिया दिए ।तपाईँहरू त झन् वितरक । चलचित्र रोकिँदा पक्कै घाटा भयो होला रु भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, घाटा त अवश्य हुन्छ नै। व्यापार हो । कहिल्यै घाटा कहिल्यै नाफा हुनु स्वभाविक हो। बालेनजीले देशको सेन्टिमेन्टलाई मध्यनजर गरेर यो निर्णय लिनुभएको छ । हामी यसलाई सहर्ष स्विकार्छौ । सीता भारतकी छोरी हुन भन्ने विषयलाई त हामी पनि विरोध नै गर्छौ।

चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद अल्टिमेटल दिइएको ३ दिनसम्म पनि नहटाएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए।उनको निर्देशनपछि आज हल व्यवसायीहरू काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।