लमही आँखा अस्पतालमा आधुनिक अपरेटिंग माइक्रोस्कोप मेसिन जडान

असार १४, २०८०


लमही, १४ असार । लमही आँखा अस्पतालमा आँखाको शल्यक्रियाका लागि आधुनिक अपरेटिंग माइक्रोस्कोप मेसिन खरिद गरिएको छ । लमही आंखा अस्पताल र लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा अपरेटिंग माइक्रोस्कोप खरिद भएको सामाजिक परिक्षण कार्यक्रम आयोजना गरिजानकारी गराएको छ । खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशम बहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक लक्ष्मी योगीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको विशिष्ट उपस्थितिमा भएको कार्यक्रममा अपरेटिंग माइक्रोस्कोप मेसिनमा भिडियो रेकडिङ र क्यामेरा समेत रहेको बताएका छ ।

कार्यक्रममा नेत्रविशेषज्ञ डाक्टर सुदिपलाल राज भण्डारीले अपरेटिंग माइक्रोस्कोपको काम र यसबाट विरामीले पाउने सेवाको विषयमा जानकारी गराएका थिए । साथै यो मेसिन आए संगै अव आँखाको शल्यक्रियाका लागि सहज हुने नेत्रविशेषज्ञ डाक्टर सुदिपलाल राजभण्डारीले जानकारी दिए । यो आधुनिक मेसिनबाट दुई जना चिकित्सकहरुले शल्यक्रिया गर्न सक्ने र विरामीका आफन्तहरुले समेत भिडियो हेर्न सक्ने बताए । त्यस्तै विद्यार्थीहरुलाई पनि यो टिचिङका लागि काम लाग्ने बताएको छ । ‘यो अत्याधुनिक मेसिन आएसंगै आँखाको शल्यक्रिया गदै गर्दा विरामीका आफन्तले समेत टिभिमा हेर्न सक्छन् त्यस संग संगै यसको रेकडिङ सिस्टम समेत रहेकाे प्रमुख प्रशासक सम्शेर थापाले भने । अव विरामीका आफन्तहरुले पनि आँखाको शल्यक्रिया गर्दा प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

कार्यक्रममा लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र लमही आँखा अस्पतालको साझेदारीबाट मेसिन खरिदको प्रकया र बजेटको विषयमा प्रमुख प्रशासक सम्शेर थापाले सहभागीहरुलाई जानकारी गराएका थिए । स्वास्थ्य मन्त्रालयको २४ लाख र अस्पतालको ३६ लाख लागत साझेदारीमा अपरेटिंग माइक्रोस्कोप खरिदका लागि सम्झौता भएको र टेण्डर प्रकृया अन्तर्गत प्रतिसपर्दा गराउदा रु ५९ लाख १ हजार ९९० रुपैयाँमा मेसिन खरिद भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लमही उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले लमही आँखा अस्पतालमा आधुनिक अपरेटिंग माइक्रोस्कोप मेसिन आए संगै अव यहाँका विरामीहरुले थप गुणस्तरीय सेवा पाउने बताइन् । उनले संस्थाले सधै पादर्शिता र सवै प्रकृया अपनाएर मेसिन औजार खरिद गर्ने गरेको बताइन् । ‘तपाईहरुको सवै सिष्टम देख्दा निकै खुसी लाग्छ गुणस्तरी आँखा स्वास्थ्य सेवा समेत दिदै आउनु भएको छ – उनले भनिन् ।

त्यस्तै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले लमही आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन सवैले सहयोग गर्नु पर्ने बताइन् । उनले गुणस्तरी र सर्वसुल्भ सेवा यहाँका जनताले पाएको भन्दै अव मेसिन खरिद संगै सहज र आधुनिक सेवा पाउने अपेक्षा गरिन । कार्यक्रममा नेपाल नेत्रज्योति संघका प्रदेश कोषाध्यक्ष लिला शाह,नेपाल नेत्रज्योति संघ दाङका सदस्य श्याम प्रकाश आचार्य, घनश्याम सुवेदी, पत्रकार महासंघ दाङका सह-सचिव दशरथ घिमीरे लगायत सहभागी थिए । नेपाल नेत्रज्योति संघ, राप्ती अस्पताल र लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा अपरेटिंग माइक्रोस्कोप उइथ क्यामेरा एण्ड भिडियो रेकडिङ खरिद भएको सामाजिक परिक्षण कार्यक्रममा अस्पतालका प्रमुखप्रशासक सम्शेर थापाले खरिद प्रकृयालाई अनुमोदन गरिएको थियो ।