एसइई नतिजा शुक्रबार भित्रै सार्वजनिक गर्ने तयारी

असार २०, २०८०


असार २०, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा यही शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको सेतोपाटीलाई बताए ।एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन् । २०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए ।