लुम्बिनी बनाउन सत्ता पक्ष-विपक्ष बन्नु हुदैन : मुख्यमन्त्री चौधरी

असार २०, २०८०


दाङ, २० असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक हुनु पर्ने बताएका छन । उनले सदनमा विरोधका नाममा विरोध गर्न छोडेर प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा रहेर काम गर्नु पर्ने बताए । बुधवार प्रदेश सभामा भएको बजेट छलफलमा मुख्यमन्त्री चौधरीले सम्वोधन गर्दै यस्तो बताएका हुन । उनले काम गर्दै जादा सबैको सबै ठाउँमा पूर्णता नहुने हुदा सिकदै र सुधार गर्दै सबै जानु पर्ने बताए । उनले सदमा प्रतिपक्षले उठाएको कुरालाई सरकारले गम्भीर रुपमा लिएको बताए । उनले छलफल पछि निकास समेत गरिसकेको बताए ।

प्रदेश सरकार सहमति र सम्वादको नीतिमा रहेका र त्यसको निरन्तता दिदै जाने समेत बताए । त्यो सम्वादको थालनी भइसकेको र त्यसले प्रदेशको विकासमा टेवा पु¥याउने बताए । उनले अहिले पक्ष प्रतिपक्ष भन्दा पनि प्रदेशको औचित्य पुष्टि गर्ने बेला भएकाले सबैको यसमा भूमिका एकै प्रकारको रहनु पर्ने बताए । आबश्यकता र औचित्यको आधारमा प्रदेश सरकारले काम सुरु गरेको भन्दै यसका लागि प्रदेश सरकारले समिति नै बनाएर अध्ययन थालेको बताए । उनले प्रदेशमा पक्ष विपक्ष एकै ढुगामा रहेको भन्दै सफल भए सबै हुने र असफल भए सबै असफल हुने भन्दै उनले ढुगालाई सहि रुपमा अवतरण गरेर प्रदेशको औचित्य र आबश्यकता पुष्टि हुने बताए ।

उनले प्रदेश सरकार सहकार्य र सम्वाद बाट अघि बढने बताए । मुख्यमन्त्रीले रासायनीम मलको आपुर्तिको सहजता भइरहेको र थप सहजताका लागि प्रयास भइरहेको र आबश्यकता अनुसारको नीति प्रदेश सरकारले लिएको बताए । मुख्यमन्त्री चौधरीले संदनलाई सिष्टरुपमा राख्न र अभद्र व्यवहार नगर्न समेत आग्रह गरे । उनले इतिहासले देख्ने सुन्ने विषय सदन भएको हुदा संदनमा हुने गरेका अशिष्टता र गल्तीलाई सुधार गर्दै सिष्टतामा लैजान आग्रह समेत गरे ।


प्रजातन्त्र रहेमा मात्रै सबै कुरा छुट हुने भन्दै प्रजातन्त्रको संस्थागत गर्ने तर्फ र संघीयतालाई बलियो बनाउने तर्फ एक भएर लाग्नुको विकल्प नभएको बताए । उनले प्रदेशको समृद्धिका लागि आर्थिक विकासका कार्यक्रम प्रदेश सरकारले ल्याउन लागेको र त्यसका लागि बास्केट फन्ट निर्माण भएको बताए । यसका लागि प्रदेश सरकारले ३ अर्व रहेको समेत जानकारी दिए । अवका नीति तथा कार्यक्रम र बजेट आउदा वर्षहरुमा सुधार गर्दै लैजाने समेत बताए । मुख्यमन्त्री चौधरीले पोखरामा भएको मुख्यमन्त्री सम्मेलनबाट सार्वजनिक गरिएका विषय विषयमा समेत संदनमा जानकारी दिएका थिए ।