सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरूको टाउको दुख्यो : सांसद पौडेल

साउन १०, २०८०


साउन १०, नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरुको टाउको दुखेको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले र नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेपछि सांसद पौडेलले भ्रष्टाचारका विभिन्न प्रकरणमा सरकारले छानबिन अगाडि बढाएको विषयमा टाउको नदुखाउन सांसदहरूलाई आग्रह गरे । उनले सरकारले केही राम्रो काम गर्दा सांसदहरूले साथ दिनुपर्नेमा चिच्याएर अवरोध खडा गरेको बताएका हुन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतका विभिन्न निकायहरुको अनुसन्धानले देखाएको नेपालको भ्रष्टाचारको अवस्था र त्यस्तो अवस्थालाई सुधार गर्न सरकारले सकारात्मक काम गर्दा साथ दिनुपर्नेमा उल्टो राजीनमा मागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । ट्रान्सपरेन्सीको प्रतिवेदन नहेरेका हौं ? सरकारले केही राम्रो काम गर्न खोज्दा सांसदहरूले चिच्याएर रोक्न उद्वत हुन्छ भने कुन प्रकारको सुशासनको प्रत्याभूति नागरिकलाइ दिन चाहन्छौं ? भ्रष्टाचारविरूद्ध चालेको कदमप्रति सरकारलाई बधाई तथा शुभकामना दिँदै यो अभियानमा कसैको अनुहार नहेरि अगाडि बढ्न आग्रहसमेत गरे ।