रोशनीले प्रेमीको लागि गाजलु लगाएपछि ?

साउन २७, २०८०


दाङ, २७ साउन । गायिका रोशनी थापाले आफ्नो प्रमीका् लागि आँखा गाजलु लगाएपछि नेपाली सांगीतिक बजारमा संगीतको अर्को इँटा थपिएको छ । ‘आँखामा गाजलु’ बोलको गीतलाई गायिका थापाले आज सार्वजनिक गरेकी हुन् । नेपाली सुगम संगीतमा जम्दै आएकी गायिका थापाले पछिल्लो सांगीतिक कोशेलीका रुपमा ‘आँखामा गाजलु’ बजारमा लिएर आएकी हुन् ।


आफ्ना हरेक शृङ्गारलाई प्रेमीप्रति समर्पित गरिएको भावको गीतमा प्रेमप्रतिको आकर्षण, त्याग, सम्मान र समर्पणलाई स्थान दिइएको छ । प्रायः सुगम संगीतमा स्वर भर्दै आएकी गायिका थापाको ‘गाजलु आँखामा’ श्रृङ्गार रसको भावको गीत रहेको छ । एउटी प्रेमिकाले प्रेमीप्रतिको आस्था, श्रद्धा, विश्वास, समर्पण, आशा र अनुरोधका भावले भरिएको गीत स्वरमा पनि त्यतिकै कर्णप्रियता पाइन्छ ।

रोशनी थापा युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आँखामा गाजलु’ गीतको शब्द र संगीत दिपक हर्माको रहेको छ। फिल रेकर्डिङमा स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् भने मिक्सिङ केमार केसीले गरेका गरेका छन् । गीतमा गायिका थापाको आफ्नै कास्ट रहेको छ । गायिका थापाले करिब दर्जन गीत बजारमा ल्याइसकेकी छिन् । दाङकी गायिका थापा पेसाले भने बैकर्स हुन् ।