एनएमबि बैंक र डिलाइट ग्रुप बीच ब्यवसायिक सम्झौता

भदौ १०, २०८०


दाङ १०, एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले डिलाईट द शपिङ मार्ट तथा डिलाईट द फेमेली रेष्टुरेन्ट बाट प्रदान गरिएका सेवाहरुमा छुट पाउने भएका छन् । सम्झौता अनुसार डिलाईट द फेमेली रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने तथा डिलाईट द शपिङ मार्टमा ३ देखि २० प्रतिशत सम्म छुट पाउने बैंकका तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मीले जानकारी दिए । आफ्ना ग्राहकलाइ आबस्यक सामग्री खरिद तथा मनोरञ्जनका क्रममा राहत होस् भनेर सम्झौता गरिएको उनले बताए ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र डिलाइट ग्रुपका CEO वीर बहादुर भण्डारी (मोहन) ले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र डिलाइट ग्रुपका फाईनान्स म्यानेजर अबिनाश खरेलले हस्ताक्षर गरि सम्झौता आदान प्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ ।

सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरुले सुबिधा लिन सक्ने तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मी ले बताउनु भयो । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।