एनएमबि बैंक र तुलसीपुर सिटी हस्पिटल बीच ब्यवसायिक सम्झौता

भदौ १९, २०८०


तुलसीपुर १९, एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले तुलसीपुर सिटी हस्पिटलबाट प्रदान गरिएका सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौता अनुसार ल्याव इन्भेस्टीकेसन, फुल बोडी चेकअफ, माइनर प्रोसिडर, ड्रेसिङ्ग, अप्रेसन चार्ज, एक्सरे, भिडियो एक्सरे, सिटिस्कान, बेड चार्ज, इसिजी, इको, इन्डोसकपी, क्लोनकपी, फिजियोथेरापी सेवाहरुमा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १० प्रतिशत छुट पाउने बैंकका तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी ले जानकारी दिए । आफ्ना ग्राहकलाइ उपचारको क्रममा राहत होस् भनेर सम्झौता गरिएको उनले बताए ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र तुलसीपुर सिटी हस्पिटलका अध्यक्ष बिमल रिजाल ले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र तुलसीपुर सिटी हस्पिटल का म्यानेजिङ डाईरेक्टर हेमराज बस्नेत ले हस्ताक्ष्यर गरी सो सम्झौता आदान प्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ ।

सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरुले सुबिधा लिइ लाभाम्वित हुने तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मी ले बताउनु भयो । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तानी गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।