सिटि अस्पताल स्थापना दिवसको अबसरमा बिरामीलाई भारीछुट

भदौ २४, २०८०


दाङ, भदौ २३ । दाङको तुलसीपुरमा रहेको तुलसीपुर सिटि हस्पिटलले आफ्नो स्थापना दिवसको अबसरमा बिरामिलाई सेवामा भारि छुट दिने घोषणा गरेएको छ । अस्पतालका डाइरेक्टर हेमराज बस्नेतका अनुसार आठौ स्थापना दिवसको अबसर पारेर बिभिन्न सेवाहरुमा छुट गरिएको जानकारी दिनु भयो । भदौ २७ र २८ गते बिशेषज्ञ डाक्टरहरु द्वारा निशुल्क ओपिडि सेवा प्रदान गरिने छ । त्यसै गरि ल्याब सेवा, फिजियोथेरापि, एक्सरे, भिडियो एक्सरेमा तिस प्रतिसत छुटको ब्यबस्था गरिएको छ । त्यसैगरि आैषधि र सबै प्रकारका अप्रेसनमा मा दश प्रतिशत छुट दिने घोषणा गरेको डाइरेक्टर बस्नेतले जानकारी दिनुभयको छ ।