संस्कार पाठशाला दाङकाे प्री स्कुल ग्रेजुएशन कार्यक्रम सम्पन्न

फागुन २६, २०८०


तुलसीपुर फागुन २६, संस्कार पाठशाला दाङको आयोजनामा आज प्री स्कुल ग्रेजुएशन कार्यक्रम सम्पन्न भएको छ । संस्कार पाठशाला दाङका रवि चापागाईंकाे अध्यक्षता तथा कारखाना नेपालका सिईओ पवित्र बहादुर गौतमकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ज्ञान दिप कलेजका एकेडेमीक काेडिनेटर शरद गौतम, संस्कार पाठशाला दाङका प्रबन्धक निर्देशक दीप बस्नेत, संस्कार पाठशाला दाङका कोडिनेटर बलदेव पोख्रेल लगायतकाले यस्ता कार्यक्रमहरुले सिर्जनात्मक ज्ञान सगै विद्यार्थीहरुमा भएको प्रतिभा प्रदर्शनमा मद्दत पुग्ने बताउनुभएको थियोे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयकि शिक्षिका सरिता खनालकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मन्टेश्वरी डिपार्ट प्रमुख रितु खत्रीले गर्नुभएको थियोे ।

कार्यक्रमकाे फाेटाे फिचर