नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा बिमल गौतम मनोनीत

फागुन २७, २०८०


फागुन २७, नेसनल प्याब्सन दाङ जिल्लाका निबर्तमान अध्यक्ष विमल गौतम नेसनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनीत हुनुभएको छ । रिपोर्टस क्लब दाङका महासचिव, रेडियो सञ्जिवनि एफएमका सम्पादक समेत रहेका गौतम काठमाण्डौमा सम्पन्न बैठकबाट आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित हुनु भएको केन्द्रिय सदस्य भिमबहादुर बुढाथोकिले जानकारी दिनुभयो ।

नेसनल प्याब्सनको केन्द्रिय समितिको फागुन २५ र २६ गते नगरकोटमा बसेको सातौ पूर्ण बैठकबाट गौतमलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको हो । गौतम तुलसीपुर उधोग बाणिज्य सघंको सहकोषाध्यक्ष लगायत बिभिन्न सामाजिक तथा ब्यबसायिक क्षेत्रमा क्रियाशिल रहदै आउनु भएको छ ।