तुलसीपुरमा हुनलागेको संस्कृति ज्ञान परिक्षाको तयारी पुरा

फागुन २८, २०८०


तुलसीपुर, फागुन २८, दाङको तुलसीपुरमा फागुनको ३० गते बुधवार हुन लागेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षाको तयारी पुरा भएको हिन्दु स्वयंसेवक संघ नेपाल दाङका अध्यक्ष किशोर गौतमले जानकारी दिनुभयो ।

संस्कृति ज्ञान परिक्षामा यस क्षेत्रका करिब बाह्र सय बिधार्थिहरुको सहभागिता रहने छ । तुलसीपुरको अरणिको मैदानमा बिहान ११ बजे देखि परिक्षा सुरु हुने कार्यतालिका सार्बजनिक भएको परिक्षाका सञ्चालन समितिका संयोजक प्रमोद कुमार न्यौपानेले जानकारी दिनु भयो ।

परिक्षामा प्रथम हुने बिधार्थिले नगद पन्ध्रहजार पुरुस्कार प्राप्त गर्नेछन ।त्यसैगरि द्दितिय स्थान हासिल गर्ने बिधार्थिले १२ हजार र तृतिय स्थान हासिल गर्ने बिधार्थिले नौ हजार रुपैया प्राप्त गर्ने छन । त्यसैगरि पच्चिस जना बिधार्थिहरुले सान्तोना पुरुस्कार स्वरुप एकहजारका दरले नगद रुपैया प्राप्त गर्नेछन ।

परिक्षामा सहभागी हुदा प्रत्यक बिधालयले एकजना शिक्षक बिधार्थिहरुको प्रबेश पत्र सहित अनिवार्यरुपमा सहभागि गराउन समेत आयोजकले आग्रह गरेको छ ।
पूर्विय दर्शन,हिन्दुत्व,हाम्रो परम्परा र धर्म सस्कृतिको प्रचार प्रसार र प्रबर्दन गर्ने मुख्य उदेश्य सहित देश भर सुरु भएको विवेकानन्द संस्कृति ज्ञान परिक्षामा यस क्षेत्रमा पनि उत्साहजनक सहभागिता रहने अपेक्षा आयोजकले लिएको छ ।

कार्यक्रमलाई उदघाटन गर्न जनजाति कल्याण आश्रमका केन्द्रिय अध्यक्ष प्रेम थुलुङ तुलसीपुर आउने कार्यक्रम तय गरिएको छ । यसैबिच कार्यक्रममा सहभागी भैदिनका लागि आयोकले सरोकारवाला सबैमा आग्रह गरेको छ ।