प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

फागुन २९, २०८०


फागुन २९, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन ह्विपु जारी गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सांसदहरूलाई ह्विप जारी गरेको प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए ।

आज बसेको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सबै सासंदहरूलाई संसदमा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको छ, महामन्त्रीसमेत रहेका ढकालले भने । अघिल्लो सोमबार रास्वपा नयाँ गठबन्धन बनेसँगै सरकारमा सामेल भएको थियो। प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन् ।

सरकारमा उपप्रधानसहित चार मन्त्रालय रास्वपाले लिएको छ । सभापति रवि लामिछाने उपप्रधान तथा गृह, उपसभापति डोलप्रसाल अर्याल डिपी श्रम, उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री छिन् । साथै रास्वपाले सोमबार चस्मतिमा केन्द्रीय समिति बैठक गरेको थियो ।