ज्ञानदीप कलेजका बि सि ए संकाएका विद्यार्थीलाई स्वागत

चैत ०३, २०८०


चैत्र ३, ज्ञान ज्योती एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित ज्ञान दीप कलेजमा स्नातक प्रथम बर्ष बि सि ए संकाएका विद्यार्थीलाई एक कार्यक्रमका बीच शनिबार स्वागत गरिएको छ । स्नातक दोस्रो, तेस्रो र चौथो बर्षमा अध्यनरत विद्यार्थीहरुकाे आयोजनामा स्वागत कार्यक्रम गरिएको हाे ।

स्नातक बि सि ए तेस्रो बर्षमा अध्यनरत विद्यार्थी सुबास न्यौपानेको अध्यक्षता तथा ज्ञान दिप कलेजका भाइस प्रीन्सिपल मनोज के सीको प्रमुख आथित्यता र कलेजका शैक्षिक संयोजक शरद गौतमकाे बिशिष्ट आथित्यतामा भएको कार्यक्रममा शिक्षकहरु प्रमोद सुबेदी, सोमराज बस्नेत, बुद्धीराज पौडेल, प्रेम प्रकाश ओलि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले आ-आफ्नो कला तथा प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

स्नातक दोस्रो बर्षमा अध्यनरत यकेन्द्र थापाले स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सञ्चालन किरण के सी र दिपा गिरिले गर्नुभएको थियो ।