अमृत एकेडेमीका कक्षा १० का विद्यार्थीलाई बिदाई

चैत ०३, २०८०


चैत्र ३, ज्ञान ज्योति एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित तुलसीपुर-१९ बिजौरीमा रहेको अमृत एकेडेमी स्कुलले आज एक कार्यक्रमका विच कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थी अपेक्षा भण्डारीको अध्यक्षता तथा विद्यालयका प्रीन्सिपल प्रताप सेजुवालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा शिक्षकहरु नारायण अधिकारी, रामु चौधरी, शिव पुन, सुनिल भण्डारी विद्यार्थीको तर्फबाट साल्सा रेग्मी, विविध सेजुवाल, सुजन बुढाथोकी लगायतकाले मन्तव्य राख्नुभएको थियो । कक्षा ९ मा अध्ययनरत विद्यार्थी पुनम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गणेश के सी र जिज्ञासा रेग्मीले गर्नुभएको थियोे ।