भाेट छिटाे गन्न इलाममा गणक टाेली थप

बैशाख १७, २०८१


इलाममा भइरहेको मतगणनाको परिणाम छिटो दिन गणना स्थल बढाइएको छ । आज बिहानबाट ३ स्थानबाट मतगणना भइरहेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गरिएको बताए ।

६ वटा पालिकाको ४२ वटा वडा मध्ये अहिले सम्म २ वटा गाउँपालिकाको मतगणना सकिएको छ । फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदा अहिले माङ्सेवुङ्ग गाउँपालिकाको मतगणना चलिरहेको छ । माङ्सेबुङ्गको वडा नम्बर १ को मतगणना भने सकिएको छ । अहिले माङ्सेवुङ्ग वडा नम्बर २ र ३ को गणना जारी रहेको छ ।

अहिलेसम्म २१ हजार ८१० मतगणना भएको छ । सो क्षेत्रमा भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । मतगणनामा ढिलाइ भएपछि गणना टोली बढाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

हिजो दिउँसोबाट मतगणना सुरु भए पनि अहिलेसम्म १४ वटा वडाको मात्र मतगणना भएको छ ।