तुलसीपुर उद्योग वाणिज्य संघको चुनावी रौनक¸ अध्यक्ष पदका लागि कसको नाम बढि चर्चामा ?

बैशाख २०, २०८१     सम्पूर्ण कुरा


तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकीदै जाँदा चुनावी रौनक सुरु भएको छ । वैशाख २९ गते हुने वाणिज्य संघको निर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

 सर्वसम्मत नेतृत्व चयनका लागि सर्वस्वीकार्य हुने साझा व्यक्तीको खोजीमा जुटेपनी अहिलेसम्म कसैको नाम सर्वसम्मत हुन सकेको छैन । उम्मेद्धार टुङ्ग्याउने विषयमा लगातार आन्तरिक वैठक बसेपनि नेपाली कांग्रेसले उम्मेदवारको टुँगो लगाउन सकेको छैन ।

तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि नेपली कांग्रेसबाट संघका महासचिव विनिल केसी र उपाध्यक्ष ललितजंग शाहको नाम बढी चर्चामा रहेको छ भने कोषाध्यक्ष देव बहादुर केसीलेपनि अध्यक्ष पदमा आफ्नो दाबी रहने बताउदै आएका छन् । नेकपा एमाले बाट संघकै अध्यक्ष राम प्रसाद चालिसे दोहोरिने चर्चा छ । यस्तै नेकपा माओवादीबाट संघकै वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीको नाम अध्यक्ष पदको लागि चर्चामा रहेको छ । । तीन हजार चार ७६ जना मतदाता संख्या रहेको संघको मतदाता नामावली समेत प्रकाशित भईसकेको छ ।