आज राति ९ बजे ईडीभीको नतिजा आउँदै, कसरी हेर्ने ?

बैशाख २२, २०८१


अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ ।  

आफ्नो कन्फरमेसन नम्बर https://dvprogram.state.gov/ESC मा राखेर ईडीभी परे वा नपरेको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । यसबाहेक अन्य माध्यमबाट ईडीभीको नतिजा हेर्न नमिल्ने पनि दूतावासले स्पष्ट पारेको छ । अमेरिकाले आफ्नो देशमा विश्वका विभिन्न मुलुकका नागरिकलाई भित्र्याउन हरेक वर्ष ईडीभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।