दर्शकको रोजाईमा नारायणपुरको भिएफएक्स सिनेमाज

बैशाख २३, २०८१     डि.आर.एन.


यतिबेला नेपाली चलचित्र बजारमा दुई वटा चलचित्रहरु प्रदर्शनरत छन् । चलचित्र ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ भने चलचित्र बोक्सीको घर गएको हप्ताबाट रिलिज भएको छ । यि दुबै फिल्मले देशभरका हलमा उच्च शोज पाएको छ । फिल्म हेर्न दर्शकको घुइचो अनपेक्षित देखिएको छ ।

दाङको नारायणपुर स्थित उच्च प्रविधियुक्त सिनेमाज भिएफएक्समा पनि यि दुबै चलचित्र प्रदर्शन भएका छन् । चलचित्र  ‘बोक्सीको घर’ र ‘मनसरा’ हेर्न दर्शकको राम्रै उपस्थिती रहेको छ ।

भिएफएक्स सिनेमाज नारायणपुर दर्शकका लागि फिल्म हेर्ने पहिलो रोजाई भएको छ । उच्च प्रविधि र गुणस्तरमा कुनै कुराको कम्प्रोमाइज नगरिएको हल संचालक बताउछन् । भिएफएक्स सिनेमाज नारायणपुरमा दुईवटा पर्दामा दर्शकले चलचित्र हेर्न पाउछन् । साउन्ड,सिट.लाइटिङ तथा सरसफाईमा पनि हलले उच्च ध्यान दिएको छ । दर्शकले चलचित्र हेरे पछि सिनेमा हलको प्रशंसा गर्ने गरेको संचालक बताउछन् । दाङमा पनि काठमाडौंका हलमा जस्तै चलचित्र हेर्न पाइएकाले दर्शकहरुले खुसी व्यक्त गर्ने गरेका छन् । हलमा विहान,दिउसो,बेलुका तथा राती गरी दैनिक चार शो संचालन हुदै आएको छ । सिनेमा हलले टिकेटिङलाई पनि व्यवस्थित गर्न खल्ती एप्स मार्फत टिकेट काट्ने व्यवस्था मिलाएको छ ।

करोडौ लगानी गरेर नारायणपुरमा सिनेमा हल खोल्नु आफैमा चुनौती भएपनि दर्शकका लागि दाङमा एउटा गुणस्तरीय प्रविधियुक्त हल संचालनमा ल्याएको हलका संचालक तथा नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति विजय रावतले बताए । दाङ जिल्ला पहिलेदेखि नै फिल्म चल्ने जिल्ला अन्तर्गत चिनिन्थ्यो । यहाँ चलचित्रलाई माया गर्ने दर्शकहरु धेरै भएकाले राम्रो हल खोल्नुपर्छ भन्ने लागेर सिनेमा हल संचालनमा ल्याएको उनले बताए । उनले दर्शकको सुविधाका लागि ग्य्राभिटि रेष्टुरेन्ट पनि संचालनमा ल्याएको बताए । उक्त रेस्टुरेन्टमा प्रत्येक शुक्रवार वेलुका कलाकारको साथमा सांगीतीक साझ हुने गरेको समेत बताए ।

यस्तै चलचित्र हेर्न दर्शकको पहिलो रोजाईमा भिएफएक्स सिनेमाज रहेको भिएफएक्स सिनेमाजका व्यवस्थापक प्रकाश थापाले बताए । चलचित्र राम्रो बन्यो भने दर्शकहरु फिल्म हेर्न आउने र नेपाली चलचित्र क्षेत्रको लागि वर्ष २०८१ सुखद जस्तै देखिएको पनि थापाले बताए । वर्ष २०८१ को सुरुवातदेखि नै नेपाली चलचित्रले आशा लाग्दो व्यापार गरिरहेको उनले बताए ।

भिएफएक्स सिनेमाजलाई विजय रावत र चेतन राणाले संचालनमा ल्याएका हुन ।