सन्दीपको मुद्दामा आज महत्वपूर्ण पेसी
बैशाख २३, २०८१
![](http://sampurnakura.com/wp-content/uploads/2024/05/412202041_6902918696452637_5171243858119989664_n-1024x576.jpg)
क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । यसअघि पटकपटक धकेलिएको सुनवाई आज सुरू हुने अपेक्षा सन्दीपले राखेका छन् ।
जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।
सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म छ ।