तुलसीपुर उवासंघ को मतदान सम्पन्न, ८२.५३ प्रतिशत मत खस्यो

बैशाख २९, २०८१


तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । उवासंघको नया नेतृत्वका लागि भएको निर्वाचनमा ८२.५३ प्रतिशत मत खसेको छ। निर्वाचन समितीका अनुसार कुल ३ हजार ४ सय ७६ मत मध्य २ हजार ८ सय ६९ मत खसेको छ ।

शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान सांझ ६ बजेसम्म भएको थियो । संघको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता रहेको थियो ।