तुलसीपुर उवासंघको अध्यक्षमा विनिल केसी विजयी

बैशाख ३१, २०८१


दाङ ३१, वैशाख तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विनिल केसी निर्वाचित भएका छन् ।

सोमबार बिहान घोषणा भएको अन्तिम मत परिणाम अनुसार केसीले आफ्ना प्रतिस्प्रर्धी गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाहलाई २१० मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विनिलले १५५० मत ल्याउँदा ललितले १३४० मत प्राप्त गरेका छन् ।

काँग्रेसबाट टिकट नपाएपछि रुष्ट बनेका शाह बिद्रोह गरि नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगायतका दलहरु संग गठबन्धन गरि प्यानलसहित प्रतिष्पर्धामा होमिएका थिए ।

त्यसैगरी उद्योग उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार भएका विश्व बस्नेत निर्वाचित भएका छन् । उनले कांग्रेसबाट उम्मेदवार भएका हेमेन्द्र खड्कालाई ४४७ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । विश्वले १५९० र हेमेन्द्र ११४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी विजयी भएका छन् । उनले १५२० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार बनेका खुशलराम शर्माले ११८७ मत प्राप्त गरेका छन् । उनीहरुबिच ३३३ को मतान्तर छ ।

खुल्ला उपाध्यक्षमा काँग्रेसबाट उम्मेदवार भएका देबबहादुर केसी विजयी भएका छन् । केसीले १५२० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार डिल्लीबहादुर वलीले १२११ मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर ३०९ छ । केसी यसअघिका वाणिज्य संघको कोषाध्यक्ष हुन ।

महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी विजयी भएका छन् । केसीले १५३० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार नरेन्द्रकुमार डाँगीले १२०३ मत प्राप्त गरेका छन् । केसी र डाँगी बीचको मतान्तर ३२७ रहेको छ ।

कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा विजयी भएका छन् । शर्माले १५२६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ११४६ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर ३६० रहेको छ ।

सचिवमा पनि काँग्रेसबाट उम्मेदवार भएका नबिन राई विजयी भएका छन् । राईले ९६९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार चन्दन वलीले ८४८ मत र गठबन्धनका भुपाल रावतले ६८२ मत प्राप्त गरेका छन् । राईले स्वतन्त्र उम्मेदवार वलीलाई १२१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

त्यस्तै सह-कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारी विजयी भएका छन् । भण्डारीले ११५६ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले ११२३ मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर ३३ मात्रै रहेको छ ।

सदस्य तर्फ
निर्वाचन परिणाम अनुसार खुला सदस्य तर्फ काँग्रेसबाट उम्मेदवार भएका सबै जना निर्वाचित भएका छन् । जसमा कोमल डिसी (कमल) ले १४८९, तिर्थबहादुर डाँगी १५१८, माधव बस्नेत १४२१, शैलेन्द्रकुमार बुढाथोकी १३७२, सुवाश अधिकारी १२९४ मत प्राप्त गरि विजयी भएका छन् । महिला सदस्य तर्फ गठबन्धनबाट उम्मेदवार भएका विजयी भएका छन् । जसमा शारदा बस्नेत १२६७ र मिना रावतले १२८५ मत प्राप्त गरि विजयी भएका छन् ।

त्यसैगरी एशोसियत सदस्यमा सन्दिपन रिजाल विजयी भएका छन् । उनले ६९ मत प्राप्त गरि विजयी भएका हुन भने उनका प्रतिष्प्रर्धी शुरज ज्ञवालीले ३१ प्राप्त गरेका छन् । यसअघी कांग्रेसबाट संस्थागत सदस्यमा उम्मेदवार भएका चिन्तामणी आचार्य निर्विरोध निर्वाचित भएका थिए ।

शनिबार बिहानबाट भएको निर्वाचनमा मध्यरातिबाट सुरु मत गणना सुरु भएको थियो । निर्वाचन समितिका संयोजक प्रबिण लम्साललेका अनुसार तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३४७१ मतदाता मध्ये २९५३ मत खसेको थियो ।