‘फर्की फर्की’ र ‘पुजार सार्की’ दुबैको आक्रामक सुरुवात

जेठ १०, २०८१     सम्पूर्ण कुरा


आजबाट प्रदर्शनमा आएका चलचित्रहरु ‘फर्की फर्की’ र ‘पुजार सार्की’को ब्यापार सुखद देखिएको छ । बिहानैदेखि हलमा दर्शकको उपस्थिति उत्साहजनक छ । आक्रामक पब्लिसिटी र स्टारकाष्टका कारण हलमा आएका दर्शकले चलचित्रप्रति सुखद प्रतिक्रिया दिएका छन् । जसका कारण दिउँसोका धेरै शो हाउसफुल रहे भने बेलुकीको शोको बुकिङ पनि लगभग शत प्रतिशत जस्तै देखिएको छ ।

विहिवार रिलिज डेटको व्यवसायिक रिपोर्ट हेर्दा दुबै चलचित्र हेर्न दर्शकको उपस्थिति बाक्लो छ । यता दुबै चलचित्रका कलाकारहरु हलहलमा पुगेर दर्शकसँग अन्र्तक्रिया समेत गरेका छन् । दर्शकलाई धन्यबाद दिदै उनीहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिइहरहेका छन् ।

‘फर्की फर्की’ टाइम लुप जनराको लभस्टोरी चलचित्र हो भने ‘पुजार सार्की’ जातिय विभेद बिरुद्धको सामाजिक कथा हो । खासगरि नयाँ नेपाली चलचित्र शुक्रबारबाट प्रदर्शन हुने चलन रहे पनि यसपटक बुद्धजयन्तीको सार्वजनिक विदाको अवसरमा बिहिबार नै प्रदर्शनमा आएका थिए । दुबै चलचित्रले सार्वजनिक विदाको प्रचुर लाभ उठाएका छन् ।

सुयोग गुरुङको निर्देशन रहेको ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारहरू मुख्य भूमिका रहेको छ । यस्तै दिनेश राउतको निर्देशन रहेको  ‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली र परीक्षा लिम्बूको मुख्य भूमिका छ ।