तुलसीपुरमा जेसीज सप्ताह सुरु, २१ जनाले गरे रक्तदान

जेठ १२, २०८१     निरला अर्याल



तुलसीपुर नगर जेसीजले जेसीज पर्व अर्थात जेसीज सप्ताह सुरु गरेको छ । मानवताको सेवा जीवनको सर्वोतम कार्य हो भन्ने नारा सहित शनिबारदेखि सप्ताह सुरु भएको हो । तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानरपालिकाका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम उद्घाटन गरिएको हो ।
त्यस अवसरमा प्रमुख खड्काले तुलसीपुर नगर जेसिजले गर्ने हरेक कार्यहरूमा हातेमालो गरी अगाडि बढ्ने बताउनु भयाे। स्थानीय सरकार जेसीज सँगै रहेको समेत उहाँले बताउनु भयो । । आर्थिक, नैतिक , भौतिक तथा सामाजिक रूपले सहयोग गर्न तयार तयार रहेको उनको भनाई छ । जेसिजको भवनसम्म जानकालागि समेत सडक नभएको भन्दै त्यसमा आफ्नो ध्यान गएको उहाँले बताउनु भयो ।
विशिष्ट अतिथि तुलसीपुर उपमहानरपालिका वडा नं. ५ का अध्यक्ष वीरेन्द्र कुमार शाहले गलत कुराहरू सडकमा ल्याएर खबरदारी गर्न र राम्रा पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । अस्तवयस्त सवारी साधन, अव्यवस्थित पार्किङ, स्कूल बसको बिगबिगी, द्रुतगति, बस भित्र विद्यार्थी को कोचाकोच लगायतकाले दुर्घटना हुने भन्दै यस्ता खालका कार्यक्रम गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पर्धे, तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झारेन्द्र खरेल , दाङ महिला जेसीज कार्यकारी उपाध्यक्ष अर्चना शर्मा, समाजसेवी तथा अक्षयकोषदाता पदम पोख्रेल , राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे, महिला अधिकारकर्मी यमुना साह, सामाजिक अभियान्ता तथा अधिकारकर्मी सुष्मा गिरी, नेपाल सिक्षक महासंघ केन्द्रीय सदस्य निर्मला डाँगी,लाईन्स क्लब अफ दाङ क्यापिटलका दिपकजंग क्षेत्रीलगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो।
मुल आयोजक समितिका संयोजक सुरज भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब कमल प्रकाशक शर्माले गर्नु भएको हो ।
पहिलो दिन रक्तदान कार्यक्रम भएको छ । सोही अवसरमा २१ जनाले रक्तदान गरेका थिए । साताव्यापी कार्यक्रमको दोस्रो दिन जेठ १३ गते बिहान ११ बजे जेसीज जुनियर स्विच च्याम्पेन्सिप कार्यक्रम, जेठ १४ गते बिहान ७ गते अनुचित लेनदेन सम्बन्धि कानूनी व्यवस्था, एक शिक्षा, जेठ १५ गते बेलुका ७ बजे असल अभिभावक शिक्षा कार्यक्रम, जेठ १६ गते बिहान ७ बजे लागूपदार्थ तथा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम रहेको छ भने जेठ १७ गते बिहान ७ बजे अन्तरविद्यालय फुटसल प्रतियोगिता र जेठ १८ गते बिहान ८ बजे सहयोग सम्मान तथा समापन कार्यक्रम गर्ने जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगी ले बताउनु भयो ।