लुम्बिनी कांग्रेस संसदीय दलको नेता फेर्ने कसरत, चौधरीलाई हटाएर खनाल बन्ने दौड्मा

जेठ १३, २०८१


जेठ १३, नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सांसदहरू संसदीय दलको नेता फेर्ने कसरतमा लागेका छन् । यसअघि दलका नेता रहेका डिल्लीबहादुर चौधरीलाई हटाएर संस्थापन इतर समूहले दाङका पूर्वमन्त्रीसमेत रहेका राजु खनाल संस्थापन पक्ष छाडेर डा. शेखर कोइराला र गगन थापा पक्षमा लागेपछि संसदीय दलको गणित फेरबदल भएको हो ।

खनालले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई भेटेर पहलका लागि आग्रह गरेका छन् । गिरी संस्थापन पक्षकै नेता हुन् । गिरीले नै यसअघि चौधरीलाई दलको नेता बनाउने बेला संयोजन गरेका थिए । खनाल र वीरबहादुर रानामध्येबाट एकजनालाई अघि सार्ने रणनीतिमा इतर समूह रहेको बताइएको छ । लुम्बिनी पार्टीमा इतर समूहको वर्चश्व रहेको तर संसदीय दलमा भने गणित केही थोरै भएकाले यसअघिको प्रयास विफल भएको थियो । ८७ सदस्यीय प्रदेशसभामा दोस्रो दल रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।