पर्यटन प्रवर्द्धन गर्न शान्तीनगरमा ‘चलचित्र बहस’

जेठ १५, २०८१


पश्चिम दाङको विकास र पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस हुने भएको छ । जिल्लामै पहिलो पटक शान्तिनगर गाउँपालिका – ३ सुइकोटमा कार्यक्रमको आयोजना गरिएको हो । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजना तथा गाउपालिकाको सहकार्यमा बहस हुने लागेको संघका जिल्ला अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

सिनेमा पर्यटन बिशेष संवादमा बक्ताको रुपमा अभिनेता निखिल उप्रेती,चलचित्र पत्रकार संघको केन्दीय उपाध्यक्ष कुबेर गिरी र शान्तीनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेत रहेका छन । यही जेठ १९ गते शनिवारका दिन सुईकोटमा हुने संवादको सहजकर्ताका रुपमा चलचित्र पत्रकार संघ दाङका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने रहेका छन ।