आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

जेठ १५, २०८१


सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।