बोर्डले दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव धनगढीमा गर्दै

जेठ १७, २०८१



जेष्ठ १७, चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा ‘दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१’ आयोजन गर्ने भएको छ ।
बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।

प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार ‘दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१’ का बालबालिका एवं वयस्कहरूले निर्माण गरेका बालचलचित्रहरुको प्रदर्शन तथा प्रतिस्पर्धा गराइनेछ । महोत्सवमा प्रदर्शन गरिने बाल चलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीहरूलाई आह्वान गरेको संयोजक बुढाथोकीले बताए ।

महोत्सवमा बाल चलचित्रको प्रदर्शन, अन्तरक्रिया, सिने संवाद, फोटो एवं बाल पुस्तक प्रदर्शनी, झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति रहने छ ।