निखिल उप्रेती आउने पर्यटन प्रवर्द्धन विशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा

जेठ १८, २०८१     सम्पूर्ण कुरा


पश्चिम दाङको विकास र पर्यटन प्रवर्द्धनका लागि संचालन हुन लागेको चलचित्र बहसको सम्पूर्ण तयारी पुरा भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ३ मा अवस्थित धार्मिक तथा पर्यटकिय सुइकोटमा कार्यक्रमको आयोजना गरिएको हो । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहकार्यमा बहस हुने लागेको संघका जिल्ला अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आज तुलसीपुरमा बसेको वैठकले सम्पूर्ण तयारी पुरा भएको कार्यक्रममा सहभागि जनाउनका लागि सम्पूर्णमा अनुरोध गरेको छ ।

सिनेमा पर्यटन बिशेष संवादमा बक्ताको रुपमा अभिनेता निखिल उप्रेती,चलचित्र पत्रकार संघको केन्दीय उपाध्यक्ष कुबेर गिरी र शान्तीनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेत रहेका छन । यही जेठ १९ गते शनिवारका दिन सुईकोटमा हुने संवादको सहजकर्ताका रुपमा चलचित्र पत्रकार संघ दाङका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने रहेका छन ।